News by: helpline
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।
आइतबार मध्यान्ह १२ बजेपछि बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिनुभयो । डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले ज्यान लिने गरी सिधै ताकेर इट्टाले आक्रमण गरेको गाडीमा सँगै रहेका सिन्हाका नाती शनिकुमार सिंहले जानकारी दिनुभयो । सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको सिंहले जानकारी दिनुभयो ।
आक्रमणबाट घाइते हुनुभएका डा. कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। आक्रमणकारीहरूले हानेको इट्टा रोक्ने क्रममा हात र शरीरका विभिन्न भागमा चोट लागेको घाइते सिन्हाले बताउनुभएको छ । यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ। कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । साथै, यस्ता घटनाविरुद्ध आफूहरू चुप लागेर नबस्ने चेतावनी पनि कांग्रेस कार्यकर्ताहरूले दिएका छन्। घटनाबारे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा समेत जानकारी दिइसकिएको घाइते सिन्हाले बताएका छन्। प्रहरीले पनि घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,