News by: helpline
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ ।
साताको चौथो दिन आज बुधबार परिसूचक ५.७० अङ्कले बढेर बजार परिसूचक २६२५.७० अङ्कमा पुगेको छ । योसँगै आज बजारमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
१४३ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन होटल, निर्जीवन बीमा र ट्रेडिङमा गिरावट आउँदा बाँकी समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै १.७५ प्रतिशत वृद्धि देखिएको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज युनियन हाइड्रोपावरमा सर्वाधिक २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार हुने सेयर सङ्ख्याका आधारमा सोही कम्पनी अगाडि रहँदा कारोबार सङ्ख्याको आधारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज अगाडि देखिएको छ ।
यसअघि मंगलबार बजार १८.३७ अङ्कले बढेको थियो भने सोमबार बजार ६.७४ अङ्कले बढेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने