News by: helpline
काठमाडौं। काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा रास्वपाकी सांसद आशिका तामाङका कारण विवादित भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थ भएका कारण नुवाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहनु भएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बैठक आयोजना भएको थियो । तर मन्त्रीको कमजोर भूमिका कारण छलफल अव्यवस्थित र भद्रगोल बन्न पुग्यो ।
तिमिल्सनाले बञ्चरेडाँडमा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफल राख्नुभएकोमा स्थानीय तहका प्रमुखहरु र सांसद तामाङबीच चर्काचर्की भएको हो । सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरु उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरुलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरु भएको थियो । बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले स्थानीय तहहरुमाथि खनिनुभन्दा फोहोर व्यवस्थापनको इतिहास अध्ययन गर्न समेत सांसद तामाङलाई आग्रह गर्नुभएको थियो । लगत्तै सांसद तामाङले ‘छलफल यहाँ नभई बञ्चरेडाँडामा हुन्छ भन्दै टेबल ठोक्नुभएको थियो । स्थानीय तहका प्रमुखहरुसँगको विवाद उत्कर्षमा पुगेपछि सांसद तामाङ छलफल कक्षबाट बाहिरिनुभयो । सांसद तामाङ बाहिरिएपछि स्थानीय तहका प्रमुखहरुले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,