23rd August 2026, Sunday

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टद्वारा मन्त्रिपरिषद बिस्तार

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टको उपस्थितिमा शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट मन्त्री र राज्यमन्त्री बनेकाहरूलाई शपथग्रहण गराउनुभयो । तीन मन्त्री र दुई राज्यमन्त्रीलाई प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

जसमा प्रकाश रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, ओम विक्रम भाट ‘सरल’ले भौतिक पूर्वाधार विकास मन्त्रालय र खुसीराम चौधरीले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

 त्यस्तै इन्दिरा गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने जानकी पौडेल कुँवरले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ ।



No ad available.


No ad available.