News by: helpline
दीपक चालिसे
फ्रान्स । फ्रान्स सरकारले दिलिप गुरुङको नेतृत्वमा रहेको एनआरएनए (गैर आवासीय नेपाली संघ) फ्रान्सलाई आधिकारिक संगठनको रुपमा मान्यता प्रदान गरेको छ
फ्रान्सको सरकारी निकाय प्रिफेक्चर अथोरिटीले गुरुङ नेतृत्वको नेपाली संगठनलाई आधिकारिकता दिएको हो । आधिकारिकता पाएसँगै गुरुङले फ्रान्समा बस्ने नेपालीहरुका लागि यो एकताको सन्देश भएको र यसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेको बताउनु भएको छ । यसले स–सम्मान मिलेर बसेको नेपाली समाजमा राजनैतिक आड र निर्देशनमा फुट, बिखण्डन तथा भाडभैलो सिर्जना गरी आफ्नो राजनैतिक उद्देश्य पूरा गर्न खोज्नेहरुको स्वार्थको अन्त्य भएको पनि गुरुङको भनाई छ ।
२७ जुलाई २०२५ मा भएको संस्थाको ११ औं अधिवेशनले गुरुङलाई अध्यक्ष र महासचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको थियो । एनआरएनए फ्रान्समा आवद्ध ५७९ जनाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेका थिए । सोही अनुरुप आधिकारिकता लागि फ्रान्सको सरकारी निकायमा पठाइएकोमा प्रिफेक्चर अथोरिटीले आधिकारिकता दिएको हो । यस अघि फ्रान्समा रहेका नेपाली बिभिन्न समूहमा बिभाजित रहेका थिए ।
आधिकारिकता पश्चात संस्थाका बैंक खाता अध्यक्ष गुरुङको नेतृत्वमा पुन संचालन ल्याइएको छ। उक्त खातामा रहेको नगद यस अघि मनोमानी र आफूखुशी संचालन भएकोमा संस्थाको तर्फबाट छनबिन गरि सत्यतथ्य बाहिर ल्याइने जनाइएको छ ।
आधिकारिकता पाएसंगै संस्थाले एनआरएनए फ्रान्सको नामबाटै अनाधिकृत रुपमा समानान्तर कमिटि गठन गरि समाजमा भ्रामक अफवाह नफैलाउन समेत सम्बद्ध सबैमा आग्रह गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,