News by: helpline
दीपक चालिसे
फ्रान्स । फ्रान्स सरकारले दिलिप गुरुङको नेतृत्वमा रहेको एनआरएनए (गैर आवासीय नेपाली संघ) फ्रान्सलाई आधिकारिक संगठनको रुपमा मान्यता प्रदान गरेको छ
फ्रान्सको सरकारी निकाय प्रिफेक्चर अथोरिटीले गुरुङ नेतृत्वको नेपाली संगठनलाई आधिकारिकता दिएको हो । आधिकारिकता पाएसँगै गुरुङले फ्रान्समा बस्ने नेपालीहरुका लागि यो एकताको सन्देश भएको र यसले सबै नेपालीलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेको बताउनु भएको छ । यसले स–सम्मान मिलेर बसेको नेपाली समाजमा राजनैतिक आड र निर्देशनमा फुट, बिखण्डन तथा भाडभैलो सिर्जना गरी आफ्नो राजनैतिक उद्देश्य पूरा गर्न खोज्नेहरुको स्वार्थको अन्त्य भएको पनि गुरुङको भनाई छ ।
२७ जुलाई २०२५ मा भएको संस्थाको ११ औं अधिवेशनले गुरुङलाई अध्यक्ष र महासचिवमा राजेन्द्र श्रेष्ठलाई चयन गरेको थियो । एनआरएनए फ्रान्समा आवद्ध ५७९ जनाले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेका थिए । सोही अनुरुप आधिकारिकता लागि फ्रान्सको सरकारी निकायमा पठाइएकोमा प्रिफेक्चर अथोरिटीले आधिकारिकता दिएको हो । यस अघि फ्रान्समा रहेका नेपाली बिभिन्न समूहमा बिभाजित रहेका थिए ।
आधिकारिकता पश्चात संस्थाका बैंक खाता अध्यक्ष गुरुङको नेतृत्वमा पुन संचालन ल्याइएको छ। उक्त खातामा रहेको नगद यस अघि मनोमानी र आफूखुशी संचालन भएकोमा संस्थाको तर्फबाट छनबिन गरि सत्यतथ्य बाहिर ल्याइने जनाइएको छ ।
आधिकारिकता पाएसंगै संस्थाले एनआरएनए फ्रान्सको नामबाटै अनाधिकृत रुपमा समानान्तर कमिटि गठन गरि समाजमा भ्रामक अफवाह नफैलाउन समेत सम्बद्ध सबैमा आग्रह गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने