23rd August 2026, Sunday

प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं फर्किए

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार मुस्ताङबाट काठमाडौं फर्किनु भएको छ ।

प्रधानमन्त्री शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौं तर्फ फर्किनुभएको हो शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनुभएको हो।

मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बस्नुभएको थियो। परिवारसहित मुक्तिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री शाहले शनिबार साँझ मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो। उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसादसमेत ग्रहण गर्नुभएको थियो।

पूजाअर्चना सम्पन्न गरी प्रधानमन्त्री शाह शनिबार राति करिब ८ः४५ बजे मुक्तिनाथ मन्दिरबाट फर्किनुभएको थियो। त्यसपछि उहाँ कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड हुँदै फर्किनुभएको हो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमणका रूपमा रहेको र यस क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम नरहेको स्रोतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेको जनाएको छ ।



No ad available.


No ad available.