News by: helpline
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।
शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो । राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यामबाट नेपाली समाजलाई पुर्याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रुपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गर्नुभएको राष्ट्रपतिको सचिवलयले जनाएको छ ।
पत्रकारिताको पृष्ठभूमीबाट निर्वाचन आयुक्त बन्नुभएकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा हुनुहुन्थ्यो । साथै, राष्ट्रपति पौडेलले श्रद्धान्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने