News by: helpline
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ७ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेशसभाका सभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने उल्लेख गर्नुभएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका उपसभामुखले बैठक बस्ने मिति र समय निर्धारण गर्नुभएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको सरकारले संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएअनुसार मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री थापा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ प्रदेशसभा सदस्यको समर्थनमा यही भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न ५३ सांसदको समर्थन आवश्यक पर्छ बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
अहिलेको एमाले नेतृत्वको वागमती प्रदेश सरकारलाई नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् । यद्यपि राप्रपामा भने एमाले सरकारलाई समर्थन गरेकोमा बिवाद चुलिएको छ । राप्रपाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाटै सत्ताको खेलमा नलाग्ने निर्णय गरेको थियो । तर त्यस बिपरित बागमती प्रदेशका राप्रपाका सांसदहरु सरकारमा सहभागी भएका छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,