23rd August 2026, Sunday

रसुुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्री  ओली नेतृत्वको प्रतिनिधि मण्डलद्वारा स्थलगत अवलोकन

Post Image
1 वर्ष अगाडी

News by: helpline

काठमाडौं । सोमबार रातिको भीषण वर्षा पछि आएको बाढीबाट क्षति पुगेको रसुुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले स्थलगत अवलोकन गरेको छ ।

अवलोकन टोलीमा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णुु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीकामुख्य राजनीतिक  सल्लाहकार विष्णुुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधान सेनापतिसहित चारै सुरक्षा निकायका प्रमुख लगायत रहेका थिए । बाढीका कारण हालसम्म २० जना बेपत्ता रहेका छन् । बेपत्ता भएका अन्य दुइजनाको शब भेटिएको बताइएको छ ।

यसैगरी बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सुक्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी (ईभी) हरूमा पनि ठूलो क्षति पुगेको छ भने कैयन गाडी बगाएको छ  । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।

चीनतर्फबाट आएको बाढीका कारण नेपालको चीनसँगको सम्पर्क टुटेको छ । 

 


No ad available.


No ad available.