News by: helpline
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन कार्यक्रम अन्तर्गत आज शुक्रबार उम्मेदवारहरुको मनोनयन तोकिएकोमा उपसभापति अर्यालको मात्रै एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । मनोनयन दर्ताका लागि शुक्रबार दिउँसो २ बजेसम्मको समय तोकिएको थियो ।
अब आगामी आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारी बारेमा प्रस्ताव पेश गरिनेछ भने सोही सभाबाट अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिने भएको छ । उम्मेदवारी दर्ताका क्रममा सञ्चारकर्मीहरुसँग अर्यालले आफू निर्वाचित भएमा संविधान र कानुनको परिधिभित्र बसेर काम गर्ने बताउनुभएको थियो ।
उपसभापति अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,