24th December 2025, Wednesday

आजदेखि बीपी राजमार्गमा राति सवारी चलाउन रोक

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौं । बी.पी. राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो । बर्खाको बेला रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । आजदेखि काठमाडौैबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताइएको छ । गत असोजको बाढीपहिरोले बीपी राजमार्ग क्षतिग्रस्त भएकाले बर्षातमा रातीको समयमा सवारी चलाउन जोखिमपुर्ण हुने प्रशासनको भनाइ छ ।



No ad available.


No ad available.