News by: helpline
काठमाडौं । बी.पी. राजमार्गमा आजदेखि थप एक महिना रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो । बर्खाको बेला रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । आजदेखि काठमाडौैबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताइएको छ । गत असोजको बाढीपहिरोले बीपी राजमार्ग क्षतिग्रस्त भएकाले बर्षातमा रातीको समयमा सवारी चलाउन जोखिमपुर्ण हुने प्रशासनको भनाइ छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक