News by: helpline
एजेन्सी । बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि बिरामी रहनु भएकी जियाको आज मंगलबार ८० वर्षको उमेरमा निधन भएको हो ।
“हाम्री मनपर्ने नेता अब हामी माझ रहिनन्। आज बिहान ६ बजे उनको निधन भयो,“ जियाको बाङ्ग्लादेश नेसनलिष्ट पार्टी (बीएनपी) ले फेसबुकमा लेखेको छ। जिया बंगलादेशमा सन् १९९१ मा पहिलो पटक सरकार प्रमुख बन्नु भएको थियो । उहाँ नै बंगलादेशमा पहिलो महिला सरकार प्रमुख बन्नु भएको थियो ।
२० वर्षमा भएको देशको पहिलो प्रजातान्त्रिक चुनावमा उहाँको नेतृत्वमा बीएनपी विजयी भएको थियो। जिया सन् २००१ मा प्रधानमन्त्री पदमा फेरि फर्किनु भएको थियो र आम चुनावको मुखमा सन् २००६ को अक्टोबर महिनामा उहाँ पदबाट हट्नु भएको थियो ।
बंगलादेशका दिवङ्गत राष्ट्रपति जियाउर रहमानकी पत्नी जिया सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि पाँच वर्षका लागि जेलमा पर्नुभएको थियो ।
जिया माथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषलाई दिइएको रकम हिनामिना गरेको आरोप लगाइएको थियो। उक्त आरोप उहाँले अस्वीकार गर्दै आफूविरुद्धका आरोपहरू राजनीतिक रुपमा प्रेरित रहेको बताउँदै आउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने