News by: helpline
एजेन्सी । भारतको गोवाको एक नाइटक्लबमा शनिबार राति भएको भीषण आगलागीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ।
भारतीय प्रहरीका अनुसार उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइटक्लबमा भएको आक्रमणमा मृत्यु हुनेमा केही पर्यटक पनि थिए। मृतकमध्ये अधिकांश क्लबका कर्मचारी भएको बताइएको छ ।
घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । घटनामा छुट्टी मनाउन गएका दिल्लीमा एकै परिवारका चार जनाको मृत्यु भएको जनाइएको छ ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले सामाजिक सञ्जालमा दुर्घटनामा २५ जनाको मृत्यु भएको र छ जना घाइते भएको उल्लेख गर्नुभएको छ । भारतीय संचार माध्यमहरुका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन ।
गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ । गोवाका मुख्यमन्त्री सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने पनि गोवा सरकारले जनाएको छ ।
सो क्लब अबैध रुपमा संचालन भएको बताइएको छ । घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पनि पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने