24th December 2025, Wednesday

आगो नियन्त्रणमा आएपछि बंगलादेशको विमान स्थल सुचारु

Post Image
2 महिना अगाडी

News by: helpline

एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा आएपछि हवाई सेवा पुनः सुरु भएको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो सवा २ बजे हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको थियो । दमकलको सहयोगमा शनिबार राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो । त्यतिबेलैदेखि हवाई सेवा सुरु भएको हो ।

आगलागीमा मानवीय क्षति नभएको जनाइएको छ । हवाईजहाजहरु पनि सुरक्षित छन् ।

बंगलादेश  सरकारले आगलागीको घटनाको छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।



No ad available.


No ad available.