22nd October 2026, Thursday

टाइगर श्राफमाथि गोली प्रहार भएको घटनापछि, बलिउडमा अंडरवर्ल्डको प्रभाव चर्चाको विषय

Post Image
1 दिन अगाडी

News by: helpline

एजेन्सी। भारतीय अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटनापछि, बलिउडमा अंडरवर्ल्डको प्रभाव फेरि एकपटक चर्चाको विषय बनेको छ।

गत आइतबार अर्थात अक्टोबर १८ मा मुम्बईको जुहू क्षेत्रमा, कारमा यात्रा गरिरहेका टाइगर श्राफमाथि आक्रमणकारीहरूले गोली चलाएका थिए ।तर अभिनेता श्राप भने मुस्किलले जोगिए। त्यसपछि प्रहरीले तीनजना आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ, जसमध्ये एकजना नाबालिग रहेको बताइएको छ। राजस्थान प्रहरीका अनुसार, अभियुक्तहरूमध्ये एक जनाको अनिल पण्डित नामक व्यक्तिसँग सम्बन्ध रहेको पाइएको छ। भनिन्छ, अनिल पण्डित लरेन्स बिश्नोई गिरोहसँग आबद्ध छन्।

विगतमा बलिउडका धेरै अभिनेता तथा अन्य कलाकारहरू आक्रमणको निसानामा परेका थिए । जसमध्ये कतिपय आक्रमण त ज्यान लिनेसम्मका थिए। यस्ता आक्रमणहरू प्रायः ’अन्डरवल्र्ड’ (अपराधी गिरोह) सँग जोडिएका छन्।

राजस्थानको कोटा प्रहरीले आइतबार बलिउड अभिनेता श्राफमाथि भएको आक्रमणको सम्बन्धमा तीन जना संदिग्धलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। ती तीन संदिग्धलाई छिट्टै मुम्बई प्रहरीको जिम्मा लगाइनेछ, जसले उनीहरूसँग विस्तृत सोधपुछ गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।



No ad available.


No ad available.