News by: helpline
एजेन्सी । हङकङको ताई पो जिल्लास्थित सार्वजनिक हाउजिङ अपार्टमेन्टमा भएको आगजनीमा बिहिबारसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
घटनामा २ सय ७९ जना बेपत्ता छन् । अपार्टमेन्टमा राखिएका तारजाली र प्लास्टिकहरुका कारण आगो फैलिएको आशंका गरिएको छ । निर्माण कम्पनीमा आबद्ध तीनजनालाई पक्राउ गरिएको छ ।
८ सयभन्दा धेरै अग्नि नियन्त्रकहरुलाई घटनास्थलमा खटाइएको छ । तर, १८ घण्टादेखि निरन्तर आगो लागिरहेकै छ । यसलाई सबैभन्दा गम्भीर अवस्था ‘लेभल फाइभ ब्लेज’ वर्गिकरण गरिएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार एक बच्चा र जेष्ठ नागरिकलाई मध्यराति उद्धार गरिएको थियो ।
बुधबार स्थानीय समय अनुसार दिउँसो २ः५१ बजे आगलागी भएको थियो, त्यसपछि दमकल विभागलाई यसको बारेमा जानकारी गराइएको थियो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने