News by: helpline
एजेन्सी । अमेरिकामा भीषणा हिमपातका कारण पाँच हजार बढी उडान रद्द भएका छन् ।
नर्थ क्यारोलाइनादेखि नर्थन मेनसम्म हिमपातले प्रभावित हुँदा उडानहरु रद्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्वी शहर न्युयोर्कमा १५ ईञ्चसम्म हिउँ जम्दा अन्य कतिपय स्थानमा दुई फिटसम्म हिउँ जमेको छ । पछिल्लो एक दशकमा न्युयोर्क शहरमा पहिलो पटक हिमपातबाट हुनसक्ने असरबाट बच्न चेतावनी जारी गरिएको छ ।
न्युयोर्कको प्रसिद्ध एम्पायस स्टेट विल्डिङ नामक टावर समेत हिउँले सेताम्मे भएको छ । हिमपातका कारण लाखौं घरहरुमा विजुली अवरुद्ध भएको छ । हजारौं घरहरुमा विजुली अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,