News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शनिवार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने