News by: helpline
तनहुँ । तनहुँको भिमाद नगरपालिका–१ हुंक्कास्थित पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नरनाथ लम्साल स्मृति नेपाल प्रतिष्ठानले शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देल प्रतिष्ठानका अध्यक्ष अर्जुन लम्सालले शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गर्नुभयो। विद्यार्थीहरूको शैक्षिक उन्नयनमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा संविधानसभा सदस्य सिग्देलले विद्यार्थीहरूलाई अध्ययनप्रति लगनशील बन्न प्रेरित गर्नुहुदै यस्ता सहयोगले शैक्षिकक्षेत्रको बिकासमा योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो।
विद्यालयले प्रतिष्ठानको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यले विद्यार्थीहरूमा नयाँ उत्साह, आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको आशा थपिएको जनाएको छ। विद्यालयले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै महानुभावप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै विद्यालयले शिक्षा क्षेत्रमा हुने यस्ता सहयोग र सहकार्यले गुणस्तरीय शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,