24th December 2025, Wednesday

आज काग तिहार, यमराजको दूतका रूपमा कागलाई मिठा परिकार दिएर मनाइँदै

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज काग तिहार मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मिठा परिकार दिएर मनाइँदै छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मिठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘

काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दहीभात मिठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।



No ad available.


No ad available.