24th December 2025, Wednesday

नेपाल अमेरिकासँग १०६ रनले पराजित

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकासँग विशाल हार बेहोरेको छ।

आइतबार सम्पन्न खेलमा नेपाल १०६ रनले पराजित भएको हो।दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ६३ रनको लक्ष्य लिएर आएको नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो । यस जितसँगै अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लेको छ ।

अमेरिकाले २१ खेलमा ३० अंक जोडेको छ । स्कटल्यान्डको २४ खेलमा ३० अंक भए पनि अमेरिकाभन्दा नेट रन रेटमा पछाडि छ ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १७ खेलमा १२ अंक जोडी सातौं स्थानमा छ ।



No ad available.


No ad available.