13th June 2026, Saturday

कर्मचारीको तलव २१ प्रतिशतले बृद्धि

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सरकारले निजामति कर्मचारीको तलब २०८३ साउन १ गतेदेखि लागू हुनेगरी २१ प्रतिशतले वृद्धि गरेको छ।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसदमा आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो। “कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु ।

कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु” उहाँले भन्नुभयो, “यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजारदेखि एक लाख रुपियाँभन्दा माथि हुनेछ ।” यसअघि सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमार्फत निजामति कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको थियो ।

 गत आर्थिक वर्ष २०८२–८३ मा कर्मचारीको तलब वृद्धि भएको थिएन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै करार सेवामा कार्यरत सबै कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन आग्रह गरेको छ ।



No ad available.


No ad available.