News by: helpline
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । बढेपछि कायम हुने नयाँ मूल्य आज शनिबार मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीसँग निगमले भाउ समायोजन गरेको हो। निगमका अनुसार भारतबाट डिजेल र मट्टीतेलको भाउ लिटरमा ४.६६ रूपैयाँ, पेट्रोलको ०.१२ रूपैयाँ र खाना पकाउने एलपी ग्यासको प्रति सिलिन्डर ४५.४९ रूपैयाँ बढेर आएको छ।
त्यस्तै हवाई इन्धनको प्रति लिटर १.०८ रूपैयाँ घटेर आएको छ। तर हाल डिजेल र मट्टीतेलको भाउ मात्र बढाइएको निगमले जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने