News by: helpline
काठमाडौं । तराई–मधेशको महान् पर्व छठ आजबाट शुरु भएको छ ।
छठको धार्मिक विधि आज शनिबारबाट सुरु भएको हो । व्रतालुहरुले शनिबार ‘नहाखाय’ विधिबाट यो पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका हुन् । उनीहरुले नुहाइधुवाइ चोखोनितो गरी शरीर र मनलाई चोखो पारेपछि लौकाको तरकारी र भात खाएका छन् ।
व्रतालुले लौकाको तरकारीलाई सबैभन्दा चोखो तरकारीका रुपमा खाने गरेकाले यस दिन लौकाको माग अत्यधिक हुने गरेको छ । व्रतालु तथा तिनका परिवारका सदस्यले समेत छठ पर्व नसकिन्जेल मासुमाछा लगायतका तामसिक भोजन गर्दैनन् । शनिबार ‘नहाखाय’ विधि गर्ने व्रतालुहरुले आइतबार साँझ ‘रस्याउ रोटी’ खाने छन् ।
‘खरना’ समेत भनिने यो धार्मिक विधिमा व्रतालुहरुले आआफ्नो घरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन् । बिगतमा तराई–मधेशमा मात्र मनाइने छठ पर्व हिजो आज देशैभर मनाउने प्रचलन बढेको छ । छठ पर्वका लागि तराइका नदी किनार,ताल तलाउ वरपर बेहुलीझैं सिँगारिएका छन् । छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउनेक्रम बढ्दै गएको छ ।
उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइने गरिन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने