News by: helpline
काठमाडौं । आज ११ औं संविधान दिवस बिविध दिवस बिविध कार्यक्रा गरी मनाइँदै छ ।
जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज २०७२ मा संघीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको संझनामा संविधान दिवस मनाउने गरिएको हो । संविधान सभाका ९० प्रतिशत सांसदहरुले हस्ताक्षर गरेको संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले जारी गर्नुभएको थियो । संविधान दिवसका अवसरमा शनिबार बिबिध कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको ११ वर्ष पूरा भइसक्दा पनि आम नागरिकको आर्थिक र सामाजिक अवस्थामा अपेक्षित सुधार आउन नसकेको भन्दै चौतर्फी चिन्ता र बहस भइरहेको छ।संविधानले नागरिकका मौलिक हक, समावेशी प्रतिनिधित्व र राज्यको पुनर्संरचनामार्फत ठूलो राजनीतिक परिवर्तन संस्थागत गरे पनि सुशासनको अभाव र सुस्त आर्थिक विकासका कारण जनताको दैनिक जीवन उस्तै कष्टकर रहेको विश्लेषण गरिँदै आएको छ।
यो संविधान जारी भएपछि प्रदेश र स्थानीय तहको निर्वाचन २ पटक भएको छ भने संघीय संसदको निर्वाचन ३ पटक भएको छ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनसी आन्दोलन पछि बनेको वर्तमान सरकारले पनि जनता र जनजीविकाका बिषयमा कुनै काम नगरेको आरोप लाग्न थालेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक