News by: helpline
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
थापाले बिहीबार आफ्नै दल नेकपा एमाले, सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गरी ६ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।
नेकपा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ ।एमालेकै ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ ।
यसैगरी, नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त हुनुभएको छ । राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापति उद्योग उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त हुनुभएको छ । बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय छन्।
यस अघि बिहिबार नै बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
थापामगर नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
उहाँलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको हो । तर मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै राप्रपामा बिवाद चुलिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,