News by: helpline
काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन पश्चात आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
आज बसेको गरेको केन्द्रीय समितिको बैठकले समिक्षा वास्कोटा,प्रकाशचन्द्र परियार,सुरज प्रधान नवराज थापा,आशुतोष प्रधान,धनेज थापा र रञ्जु दर्शना लाई मनोनयन गर्ने निर्णय गरेको हो। बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ।
उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिएको छ। पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरेको छ।
साथै उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय पनि गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने