News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका पेश भएको छ । प्रस्तावित कार्यतालिकामा यही चैत २१ गतेबाट महाधिवेशन प्रक्रिया सुरू गरि २०८३ भदौ मसान्तमा सक्ने प्रस्ताव रहेको छ ।
कांग्रेस सभापति गगन थापाले ल्याउनु भएको प्रस्तावित तालिकाअनुसार २०८३ वैशाखमा वडा तहमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ । साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँरनगर अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गरिनेछ ।
यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन र अन्ततः २०८३ भदौ २४, २५ र २६ गते नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका उहाँले पेश गर्नुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,