24th February 2026, Tuesday

यस्तो छ आजको मौसम

Post Image
6 महिना अगाडी

News by: helpline

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

 आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका धेरै र देशका बाँकी पहाडी र तराइका भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।



No ad available.


No ad available.