News by: helpline
काठमाडौं । विश्वकप फुटबल २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ ।
फुटबलको इतिहासमै पहिलो पटक ३ वटा देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुन लागेको हो । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई वटा खेल हुने भएको छ । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुने भएको छ। योसँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुने भएको हो ।
यस पटकको विश्वकप इतिहासमै सबै भन्दा ठूलो संस्करण हो । तीन वटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म संचालन हुनेछ । कूल १ फिफाले प्रतियोगिताका लागि १ हजार २ सय ४८ खेलाडी छनोट भएको जनाएको छ। जसमध्ये ८ सय ९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् । ३ सय ५७ खेलाडी भने पहिले विश्वकप खेलिसकेका हुन् । मेक्सिकोमा आज हुने पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुने भएको छ ।
आज बिहीबार रातिनै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिने भएको छ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ शहरमा खेल खेलाइने छ । कूल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् । फाइनल खेल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइने छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,