23rd August 2026, Sunday

वरिष्ठ समाजसेवी उज्ज्वलविक्रम उभिए कांग्रेस सभापति थापाको पक्षमा

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौ । जलनमा परेका गरिब तथा असहाय व्यक्तिहरूलाई उपचार तथा सहयोग गर्दै आएका वरिष्ठ समाजसेवी उज्ज्वलविक्रम थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको पक्षमा उभिनु भएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले आगामी निर्वाचनमा प्रधानमन्त्रीको दौडमा रहनु भएका नेताहरूमध्ये आफूले गगन थापालाई रोजेको उल्लेख गर्नुभएको छ । समाजसेवी थापाले सामाजिक संजालमा लेख्नु भएको छ , “निर्वाचनमा प्रधानमन्त्रीको दौडमा भएका मध्ये मैले गगन थापालाई रोजेको छु।“

कुनै पनि व्यक्ति पूर्ण नहुने उल्लेख गर्दै गल्ती स्वीकार गरेर पुनः नदोहोर्‍याउने  प्रतिबद्धता नै नेतृत्वको परिपक्वताको आधार भएको थापाले उल्लेख गर्नुभएको छ । “गल्ती नगर्ने कोही हुँदैन, तर गल्ती आत्मसात् गर्दै पुनः नदोहोर्‍याउने  वचनसहित अघि बढ्न हिम्मत चाहिन्छ”, उहाँले लेख्नु भएको छ ।

उहाँले अनुभवहीन र प्रयास गर्ननै नचाहने व्यक्तिलाई देश चलाउने जिम्मेवारी दिन नसकिने धारणा राख्दै जीवनका उतारचढाव भोगेका व्यक्ति नै खारिएको नेतृत्व हुने बताउनु भएको छ । थापालाई आफूले समर्थन गरे पनि नागरिकको हैसियतले सधैं सचेत गराउने कार्य पनि गरिरहने उहाँको भनाइ छ।



No ad available.


No ad available.