22nd October 2026, Thursday

वर्षाका कारण बिभिन्न मुख्य राजमार्गहरु अवरुद्ध

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । देशका बिभिन्न भागमा भारी वर्षाका कारण मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् ।

 बिहिबारदेखिको निरन्तर वर्षाका कारण बी.पी. राजमार्गका बिभिन्न स्थानमा पहिरो गएको छ । त्यसैगरी लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।

वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।



No ad available.


No ad available.