News by: helpline
काठमाडौं । सरकारले इन्धनको खपत घटाउन र आपूर्ति सहज बनाउन सरकारले आम नागरिकलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन र सम्भव भएसम्म घरबाटै कार्य सम्पादन (वर्क फ्रम होम) गर्न आह्वान गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे जानकारी दिने क्रममा संचारकर्मीहरुसँग कुराकानी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यस्तो बताउनु भएको हो । अवस्था जटिल बनेमा सवारी साधनमा जोर–बिजोर प्रणाली समेत लागु गर्न सकिने मन्त्री रावलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र आपूर्तिमा देखिएको चापलाई सम्बोधन गर्न विशेष प्याकेज घोषणा गरेको छ । मन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पछिल्लो १५ दिनमा मात्रै नेपाल आयल निगम ११ अर्ब रुपियाँभन्दा बढी घाटामा गएकाले मूल्य समायोजन र कर छुटको बाटो अपनाउनुपरेको सरकारको भनाइ छ ।
मन्त्री रावलले सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको जानकारी दिनुभयो । डोटी निवासी डा. भट्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्री रावलले राष्ट्र बैँकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरिएको बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,