News by: helpline
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासमार्फत् आवश्यक प्रक्रिया पूरा गरेर विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको हो । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले अपहरण गरेर गाजामा बन्धक बनाएर राखेको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि हमासले सोमबार विपिन जोशीसहित ४ जनाको मृत्यु भएको जानकारी गराएको थियो । सोमबार नै गाजा पुगेर विपिनसहित ४ जनाको शव रेडक्रसको टोलीले इजरायल ल्याएका थिए ।
इजरायलमा डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्यतिरै भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । इजरायली सेनाले ’हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको’ दाबी गरेको छ ।
हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो । २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो ।
त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको थिएन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने