News by: helpline
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री कुलमान घिसिङले आफू जुनसुकै पार्टीको घोषणासभामा प्रमुख अतिथि बोलाए त्यसमा सहभागी हुने बताउनु भएको छ ।
बुधबार उज्यालो नेपाल पार्टी (उनेपा)को घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताउनुभयो ।
उहाँले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको भन्दै आगामी फागुन २१ गतेपछि कस्तो सरकार बन्छ भन्ने प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले नयाँ विकल्पको रूपमा उनेपाको स्थापना भएको बताउनुभयो। मन्त्री घिसिङले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताउभयो ।मन्त्री घिसिङले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने