News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उद्योग र श्रम मन्त्री नियुक्त गर्नुभएको छ ।
रास्वपाकी सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गौरीकुमारी महोत्तरी–४ र रामजी सप्तरी– २ बाट गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन जितनुभएको थियो । प्रधानमन्त्री शाहले उद्योग मन्त्री शुरूदेखि नै आफैसँग राख्दै आउनुभएको थियो ।
साथै श्रम मन्त्री रहनु भएका रास्वपा सांसद दीपककुमार साहलाई सभापति रवि लामिछानेको सिफारिसमा क्षेत्राधिकार बाहिर गएरको भन्दै बिहीबार प्रधानमन्त्री शाहले पदमुक्त गर्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,