News by: helpline
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान दिनुभएको छ ।
मन्त्री घिसिङले बुधबार राति ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत राजीनामा दिनुभएको हो । उहाँले प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाउनु भएको हो । मन्त्री घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक हुनुहुनथ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उहाँ रास्वपामा वरिष्ठ उपसभापति बन्नुभएको थियो ।
दलीय राजनीतिमा सक्रिय भएसँगै मन्त्री घिसिङको सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै उनीसहित खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलको राजीनामा माग्नु भएको थियो । घिसिङ गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त हुनुभएको थियो ।
उहाँलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,