News by: helpline
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समर्थन गरेको छ ।
२५ वर्षीया ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँले रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । उपसभामुखमा राप्रपाकी सांसद सरस्वती लामाले समेत उम्मेदवारी दिनु भएका हो ।
संसदमा झण्डै दुइतिहाइ बहुमतका रहेको रास्वपाले आफ्नो समर्थन कायम राखेमा ठाकुर उपसभामुख बन्ने निश्चित भएको छ । उता राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाका सभापति रबि लामिछानेले राप्रपालार्य समर्थन गर्ने बिश्वास दिलाएता पछि उपसभामुखमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,