News by: helpline
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज बहिबिार मनोनयन दर्ता हुँदैछ । उपसभामुखको निर्वाचन भने चैत २७ गते शुक्रबार हुने भएको छ ।
उपसभामुख चयन प्रक्रियाको कार्यतालिका सङ्घीय संसद् सचिवालयले बुधबार नै प्रकाशन गरेको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशित गर्नुभएको कार्यतालिका अनुसार उपसभामुख पदको मनोनयन चैत २६ गते आज हुने उल्लेख छ । एकजनाको मात्र मनोनयन दर्ता भएमा उपसभामुख चयन प्रक्रिया निर्विरोध हुने छ ।
एकभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन प्रक्रियाबाट उपसभामुख चयनको प्रक्रिया पूरा हुने छ । सभामुखमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल निर्वाचित भइसक्नुभएको छ । संवैधानिक व्यवस्था अनुसार अब रास्वपाबाहेकका अन्य दलबाट उपसभामुख चयन हुने छ । सभामुख पुरुष निर्वाचित भइसकेकाले उपसभामुखको उम्मेदवार अनिवार्य रूपमा महिला नै हुनुपर्ने छ । संविधानले सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिनिधि सभामा एकल बहुमत रहेको रास्वपाले सभामुख पद पाए पनि उपसभामुख कुन दलबाट निर्वाचित हुने निश्चित छैन । रास्वपाले साथ दिएको दलका उम्मेदवार मात्र निर्वाचित हुन सक्ने अवस्था छ । प्रतिनिधि सभामा रास्वपाबाहेक अन्य पाँच दल छन् । जसमध्ये नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख पदमा रुचि देखाएका छैनन् ।
तीबाहेक अन्य तीन दलबाट मनोनयन गर्ने उम्मेदवारलाई रास्वपाले समर्थन जनाउने सम्भावना छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,