14th April 2026, Tuesday

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।

उपसभामुखका लागि शुक्रबार भएको मतदानमा ठाकुर निर्वाचित हुनुभएको हो । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका थिए ।

 विपक्षमा ५ मत र तटस्थमा २२ मत खसेको थियो । ठाकुरलाई रास्वपा लगायतका दलहरुको समर्थन रहेको थियो ।



No ad available.


No ad available.