News by: helpline
ललितपुर । उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा ७४ जनालाई न्याने कपडा र पोषण प्याकेज प्रदान गरिएको छ ।
नगरपालिकाकाकी उपप्रमुख लक्ष्मी महर्जनले अहिलेसम्म वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर ९ का गरी ७४ जनालाई न्यानो कपडा र पोषण सामग्री वितरण गर्नु भएको हो । बाँकी रहेका वडाहरुमा क्रमशः निरन्तर न्यानो कपडा र पोषण सामग्री प्रदानको कार्यक्रम अघि बढाइने उपप्रमुख महर्जनले जानकारी दिनुभयो ।
उहाँले सुत्केरी आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिएर यो कार्यक्रमको शुरुवात गरिएको बताउनु भयो । उपप्रमुख महर्जनले आर्थिक वर्ष २०८२ मा १२५ जना सुत्केरी महिलालाई न्यानो कपडा र पोषण सामग्री वितरण गरिने उल्लेख गर्नुभयो । ̎सम्पूर्ण महिला सबैभन्दा पहिला,महिलालाई स्वास्थ्यमा प्राथमिकता, भन्ने अभियानका साथ उपप्रमुख महर्जनले सुत्केरी भेटघाट कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनु भयो ।
उहाँले महालक्ष्मीका १ देखि १० सम्म सबै वडामा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो । नगरको ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर– महालक्ष्मी नगर, भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने पनि उहाँको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक