23rd August 2026, Sunday

उज्यालो नेपालद्वारा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौं । उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग राखेको छ ।

 शनिबार पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जाँचबुझ आयोग प्रतिवेदन सार्वजनिक गर्ने लगायत विभिन्न माग पत्र प्रस्तुत गरेको हो ।

 यस्तै पार्टीले सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गर्नुभयो।

यस्तै सरकारको सफलताका लागि घिसिङले खेल्नुभएको प्रभावकारी भूमिकाको पनि प्रशंसा गर्नुभयो।



No ad available.


No ad available.