22nd October 2026, Thursday

उच्च अदालतका चारजना न्यायाधीश सर्वोच्चको न्यायधीशमा सिफारिस

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चारजना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायधीश पदमा सिफारिस गरेको छ ।

मंगलबार बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

 यसैगरी उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायधीश गोकर्ण डाँगी पनि सर्वोच्च अदालतको न्यायधीश पदमा सिफारिस हुनुभएको छ ।



No ad available.


No ad available.