News by: helpline
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आउँदा उडान अवतरण प्रभाबित बनेको छ ।
काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले फिल्डमा प्राविधिक टोलीले काम गरिरहेको छ । शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको थियो ।
रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् । समस्याका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,