News by: helpline
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आउँदा उडान अवतरण प्रभाबित बनेको छ ।
काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले फिल्डमा प्राविधिक टोलीले काम गरिरहेको छ । शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको थियो ।
रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् । समस्याका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने