News by: helpline
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीृका नेता डा.धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराउनुभएको छ ।
राप्रपाबाट छुट्टिएर शुक्रबार राणाले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्नुभएको हो । दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले अभियन्ता दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताउनुभयो । उहाँले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिनुभयो ।
‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ । उहाँ आउनुहुन्छ भने स्वागत नै छ । अहिले जय नेपाल पार्टी दर्ता भएको छ । दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भन्नुभयो । राणाका अनुसार जय नेपाल पार्टीले चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ पाएको छ । त्रिभुजलाई हिमाल, पहाड र तराई तथा सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका रूपमा व्याख्या गरिएको उनले बताउनुभयो ।
पार्टीको झण्डा सेतो रंगको हुने र त्यसमा रातो त्रिभुज रहने पनि राणाले जानकारी दिनुभयो । राणाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी दर्ता गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जय नेपाल पार्टीले देशभरका सबै स्थानीय तहको निर्वाचनमा सहभागी हुने तयारी गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक