23rd August 2026, Sunday

धनुषा –१ का रास्वपाका उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वाेच्चको अन्तरिम आदेश

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ बाट उम्मेदवार बन्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।

गलत रूपमा आफ्नो नाम कालोसूचीमा राखिएको दाबी गर्दै साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रका नाममा उक्त आदेश दिएको हो। उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा साहको सर्वाधिक भोट आएको थियो ।

 तर, साहलाई आएको सबै भोट बदर मानेर निर्वाचन आयोगले दोस्रो सर्वाधिक मत ल्याउने नेकपाका मातृका यादवलाई विजयीको प्रमाणपत्र दिएको छ । सर्वोच्चको निर्णयपछि को विजयी भन्नेमा थप जटिलता उत्पन्न हुने देखिन्छ ।



No ad available.


No ad available.