24th February 2026, Tuesday

देउवाको सचिवालयले भन्यो: देउवा बिशेष महाधिवेशनमा जाने कार्यक्रम छैन

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा कांग्रेसको बिशेष महआधिवेशन स्थल भृकुटी मण्डपमा जाने कुनै कार्यक्रम नरहेको सचिवालयले जनाएको छ ।

 देउवाको सचिवालयले सभापति देउवा भृकुटी मण्डपमा जारी कांग्रेसको विशेष अधिवेशनमा सहभागी नहुने स्पष्ट पारेको हो । ”सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ।

उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं। सभापति देउवाका निजी सचिव भानु देउवाले जारी गरेको सूचनामा भनिएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको अगुवाइमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको छ । जस अन्तर्गत आज बन्द सत्र कार्यक्रम शुरु हुँदैछ ।

 विशेष महाधिवेशनलाई सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गर्नुभएको थियो । केहीले आजको बन्द सत्रमा सभापति देउवा सहभागी हुने भन्दै सामाजिक संजाला लेखेका थिए । त्यसको खण्डन गर्दै देउवाको सचिवालयले सहभागी नहुने स्पष्ट पारेको हो ।



No ad available.


No ad available.