24th February 2026, Tuesday

देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक, आयोगको निर्णय नमान्ने प्रतिक्रिया

Post Image
1 महिना अगाडी

News by: helpline

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन । बिज्ञप्तिमा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ । आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । शेर बहादुर देउवा पक्षले आयोगको निर्णय नमान्ने प्रतिक्रिया जनाएको छ । आयोगले कांग्रेसको बिशेष महाधिबेशबाट निर्वाचीत कार्य समितिलाई बैधनिकता दिएपछि देउवा पक्षले केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पछि देउवा पक्ष आयोगको निर्णय विरुद्ध अदालत जाने बुझिएको छ।

No ad available.


No ad available.