News by: helpline
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नतालाई उत्साहजनक बताउनु भएको छ ।
नयाँ वर्ष २०८३ आगमनको पूर्वसन्धयामा शुभकामना सन्देश दिदैं पूर्व राजा शाहले शिक्षित, देश बुझ्ने र आधुनिक प्रविधिमा दक्ष युवाहरूको सक्रिय सहभागिताले राष्ट्रलाई प्रगतिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले विगतका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिदै पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकी देश पछाडि धकेलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
शाहले राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू सतही मात्र भएको टिप्पणी गर्दै दलीय खिचातानीका कारण राष्ट्रको समृद्धि ओझेलमा परेको भन्दै देशलाई प्रयोगशाला जस्तो बनाइएको टिपपणी गर्नुभएको छ । आर्थिक अवस्था सुदृढ बनाउन छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आन्तरिक सुरक्षा कमजोर हुँदा नागरिकले असुरक्षा महसुस गरिरहेको बताउनुभएको छ ।
नेपाललाई शान्ति र प्रगतिशील मुलुकका रूपमा देख्न चाहेको उल्लेख गर्दै पूर्व राजा शाहले सबै नेपालीको सुख, शान्ति र न्यायप्रतिको आकांक्षा व्यक्त गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,