24th February 2026, Tuesday

देश जलाउनेलाई जनताले हराउने नेकपाका संयोजक दाहालको टिप्पणी

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताउनुभएको छ।

आज शनिबार रुकुम पूर्वको चुनबाङमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गर्नुभयो।

 “सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,” उहाँले भन्नुभयो, “गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।”

उहाँले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।”



No ad available.


No ad available.